नियम १०
अनुमतिपत्र दिनु पर्ने
(१) नियम ७ को उपनियम (१) बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन परेमा प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजातहरू जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा एकजना व्यक्ति मात्र त्यस्तो दूरसंचार सेवा सञ्चालन गर्न योग्य देखिएमा प्राधिकरणले त्यस्तो व्यक्तिसँग वार्ताद्वारा अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर र रोयल्टी निर्धारण गरी निवेदकलाई अनुसूची -४ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदन दिने एक जना भन्दा बढी व्यक्तिहरू त्यस्तो दूरसंचार सेवा सञ्चालन गर्न योग्य देखिएमा प्राधिकरणले ती सबै व्यक्तिहरूलाई अनुमतिपत्र दस्तुर, नविकरण दस्तुर र रोयल्टीका सम्बन्धमा बढाबढ गर्न सुचना दिई बढाबढमा सबभन्दा बढी बोल कवोल गर्ने व्यक्तिलाई उपनियम (१) बमोजिम अनुमतिपत्र दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिंदा प्राधिकरणले अनुमतिपत्रको लागि निवेदन दिने व्यक्तिले कबूल गरेका अनुमतिपत्र दस्तुर, सो अनुमतिपत्र पहिलो पटक नविकरण गरे बापत बुझाउने दस्तुर र अनुमतिपत्रको अवधिभर बुझाउन कबूल गरेको रोयल्टी रकम हिसाब गर्दा सबभन्दा बढी रकम बुझाउन कबोल गर्ने व्यक्तिलाई अनुमतिपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम दिईने अनुमतिपत्रको लागि कबूल गर्नु पर्ने अनुमतिपत्र दस्तुर, अनुमतिपत्र नविकरण दस्तुर र रोयल्टीको न्यूनतम रकम प्राधिकरणले

रट ऐनको दफा २२ को उपदफा (१) बमोजिम प्रकाशन गरेको सूचनामा उल्लेख भए बमोजिम हुनेछ ।

(५) नियम ७ को उपनियम (२) बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन परेमा प्राधिकरणले सो निवेदन र निवेदन साथ संलग्न कागजात जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा अनुमतिपत्र दिन उपयुक्त देखिएमा निवेदन दिने व्यक्तिलाई उपनियम (१) बमोजिम अनुमतिपत्र दिनु पर्नेछ ।

(६) नियम ७ को उपनियम (३) बमोजिम अनुमतिपत्रको: लागिकुनै निवेदन परेमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी निवेदकलाई अनुसूची-५ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।

(७) यस नियम बमोजिम अनुमतिपत्र दिंदा अपनाउनु पर्ने अन्य कार्यविधि प्राधिकरणले तोके बमोजिम हुनेछ ।